`

नेपालबाट भारततर्फ अबैध रुपमा निकासी गर्न लागेको १९ लाख बढीको फर्सीको बीउ बरामद

Nepal One HD १९ जेठ २०८३ २०:०५
समाचार

सिरहा। जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रूपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ ।नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो ।

विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका–२ बस्ने हरिदेव दासको घरमा छापा मारेको थियो । नीज दासको घरमा खानतलासी गर्दा घरको ‘प्यासेज’मा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबोरा २८ हजार बजार मूल्य पर्ने कुल ७० बोरा फर्सीको बीउ (बियाँ) फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त फर्सीको बीउको कुल मूल्याङ्कन रु १९ लाख ६० हजार रूपैयाँ कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद सामानलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *