गायिका सिर्जना खत्री ‘हाउडेमाया‘को ‘फुलमाया’ मा दीपा शाहीको धमाकेदार प्रस्तुती
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायिका सिर्जना खत्री ‘हाउडेमाया‘को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक भए लगत्तै गीतको भिडियोको चर्चा चुलीएको छ । भिडियोका क्लिपहरु अहिले ले टिकटक, फेसबुक, युट्युब लगायतका विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा दर्शक तथा श्रोताको ध्यान आकर्षित गरिरहेको छ।
गायिका स्वयमकै शब्द, संगीत रहेको गीतमा सिर्जनाका अलावा दीपा शाही, सिर्जन खरेल, दिलिप शाह तथा आयुष प्रतिकको अभिनय देख्न सकिन्छ । नितिन चन्दको निर्देशन रहेको गीतमा योगेश काजी शाहको उत्कृष्ट संगीत संयोजन रहेको छ। सरल शब्द, आकर्षक संगीत र भावनात्मक प्रस्तुतिले गीतलाई अझ प्रभावशाली बनाएको निर्माण पक्षको भनाइ छ। सियोन श्रेष्ठ कोरियोग्राफी रहेको भिडियोको छायांकन रुपेश थापाले गरेका हुन् । शौखिन तिमल्सिनाको सम्पादन तथा कलर संयोजन रहेको गीतको भिडियो सिर्जना खत्री ‘हाउडेमायाको अफिसियल च्यानलबाट बजारमा आएको हो ।
पाली संगीत क्षेत्रमा स्थापित गायिका सिर्जनाका ‘एक नम्बर हरामी’, ‘मेरो एक्सको छम्मा’, ‘डबल माया’ र ‘नौटंकी माया’ जस्ता चर्चित गीतहरूले लाखौँ दर्शक–श्रोताको मन जितिसकेका छन्। सोही सफल यात्रालाई निरन्तरता दिँदै ‘फुलमाया’ले पनि प्रारम्भिक चरणमै बलियो छाप छोडेको छ।
