`

धुर्मुस नेपाल फर्किएपछि…कुञ्जनाले भावुक हुँदै यस्तो लेखिन्

Nepal One HD २४ जेठ २०८३ १३:०३
मनोरञ्जन

काठमाडौं। चर्चित कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ केही महिनाअघि पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’सँगै अमेरिका गएका थिए।

तर हाल उनी नेपाल फर्किएको जानकारी कुञ्जनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

अमेरिका गएपछि दम्पतीबारे विभिन्न टीकाटिप्पणी र प्रश्नहरू उठिरहेका थिए। विशेषगरी ‘नेपाल छोडेर भागेको’ भन्ने टिप्पणीहरू सामाजिक सञ्जालमा फैलिँदै गएपछि कुञ्जनाले ती आरोपहरूको खण्डन गर्दै भावुक अभिव्यक्ति दिएकी हुन्।

आइतबार उनले एक तस्बिर सार्वजनिक गर्दै आफूहरू देश छोडेर भागेको नभई परिस्थितिजन्य कारणले कठिन समयबाट गुज्रिएको बताएकी छन्। उनले लेखेकी छन्, ‘भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर निसास्सिएर बाँच्छ सकिनँ। मरेर न्याय पाइँदैन, जसरी पनि जिउनुपर्छ भनेर सबैसँग चित्त दुखेर हिँडेको।’

कुञ्जनाले थप लेख्दै आफ्नो श्रीमान् न्याय खोज्नका लागि स्वदेश फर्किएको उल्लेख गरेकी छन्। उनले सामाजिक सञ्जालमा फैलिएका आलोचना र आरोपप्रति आपत्ति जनाउँदै समर्थन र साथ दिन आग्रह पनि गरेकी छन्।

उनले लेखेकी छन्, ‘मेरो धुर्मुस न्याय खोज्न आफ्नो देश फर्केको छ, हामीलाई खेद्न छोडेर उसलाई साथ दिनुहोस्, बिन्ती।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *