`

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

Nepal One HD २६ जेठ २०८३ १७:४०
नेकपा एमाले

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाेलाएकाे विपक्षी दलहरूकाे बैठक जारी छ ।

कांग्रेस संसदीय दलकाे कार्यालयमा  सुरू भएको बैठकमा छानबिन प्रतिवेदन सार्वजनिक नगरी सुधन गुरूङलाई गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री बालेनकाे निर्णय, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाेडिएकाे बीवाईडी कारकाे कमिसन प्रकरण, १७ जेठमा प्रधानमन्त्री बालेनले दिएकाे सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति माफी माग्नुपर्ने लगायत एजेन्डामा छलफल हुँदैछ ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, सचेतक निश्कल राई, एमालेबाट दलका नेता रामबहादुर थापा `बादल´, उपनेता पदमा अर्याल, प्रमुख सचेतक ऐन महर, सचेतक निता घतानी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राप्रपा सचेतक खुश्बु ओली सहभागी छन् । श्रम संस्कृति पार्टीबाट भने काेही सहभागी छैनन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *