`

अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु

Nepal One HD २६ जेठ २०८३ २०:५५
विश्व

काबुल। पूर्वी अफगानिस्तानमा एक व्यक्तिले पुरानो विस्फोटक सामग्री चलाउने क्रममा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बर्माल जिल्ला मा सोमबार साँझ भएको घटनामा पाँच बालबालिका, उक्त व्यक्ति र अर्का एक वयस्कको ज्यान गएको हो ।

स्थानीय बासिन्दाका अनुसार ती व्यक्तिले विस्फोटक सामग्रीबाट केही निकालेर बेच्ने प्रयास गरिरहेका थिए। त्यही क्रममा अचानक विस्फोट भएको थियो। विस्फोट हुँदा उनका बालबालिकासमेत नजिकै रहेका थिए ।

विस्फोटपछि घटनास्थलमा पुगेका स्थानीयले पीडितहरूको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन् । घटनामा केही अन्य व्यक्ति पनि घाइते भएका छन् ।

दशकौँदेखि युद्ध र द्वन्द्वका कारण अफगानिस्तानका विभिन्न क्षेत्रमा यस्ता खतरनाक विस्फोटक सामग्रीहरू अझै बाँकी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *