रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, फुटबल महासंघको आपत्ति
खेलकुद
एजेन्सी। सोमालिया फुटबल महासंघले आफ्ना अन्तर्राष्ट्रिय रेफ्री ओमार अब्दुलकादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको घटनाप्रति कडा आपत्ति जनाएको छ।
महासंघले यस निर्णयले सोमालियाको फुटबल इतिहासमा महत्वपूर्ण अवसर गुमेको जनाएको छ।
महासंघका अनुसार अर्तानसँग वैध अमेरिकी भिसा भए पनि अमेरिकी अध्यागमन अधिकारीहरूले थप जाँचबुझ आवश्यक रहेको भन्दै उनलाई देश प्रवेश गर्न दिएनन्। त्यसपछि उनलाई ट्रान्जिट मुलुक टर्कीमै फिर्ता पठाइएको थियो।
सोमालिया फुटबल महासंघले विश्व फुटबलको ठूलो मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर नजिकिँदा यस्तो निर्णय आउनु दुर्भाग्यपूर्ण भएको जनाएको छ। महासंघका अनुसार यस घटनाले सोमालियाली फुटबल समुदायलाई निराश बनाएको छ।
अमेरिकी निर्णय सार्वजनिक भएपछि खेलकुद क्षेत्रमा समेत यसको चर्चा सुरु भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
