`

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

Nepal One HD २८ जेठ २०८३ ६:३९
बिशेष

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा रहेकोमा उनका समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गरेका हुन् ।

उनले भनेका छन् “तपाईँको सुस्वास्थ एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना व्यक्त गर्दछु ।”

प्रधानमन्त्री शाहले दुई देशबीच रहीआएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई थप सुदृढ गर्न आफू इन्छुक रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *