`

सर्वोत्कृष्ट मोडल को बन्नेछ ? (सूचीसहित)

Nepal One HD २८ जेठ २०८३ १४:४६
बिशेष

काठमाडौं। ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड’ का लागि ३३ विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

लोकदोहोरी, पप, आधुनिक, चलचित्र गीतदेखि डायस्पोरासम्मका विधामा स्रष्टा तथा कलाकारहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।

महिला लोकदोहोरी म्युजिक भिडियो मोडलतर्फ करिष्मा ढकाल, जुना विश्वकर्मा, नारायणी खत्री, रविना भण्डारी र सुस्मिता गुरुङ मनोनयनमा परेका छन् ।

पुरुषतर्फ भने विजय पुन, पल शाह, पुष्प खड्का, सुधिर श्रेष्ठ र सुनिल न्यौपाने शीर्ष पाँचमा परेका छन् ।

आयोजकका अनुसार २०८१ वैशाखदेखि २०८२ असारसम्म सार्वजनिक भएका गीत तथा सिर्जनालाई आधार बनाएर निर्णायक मण्डलले मनोनयन तयार पारेको हो ।

मूल्याङ्कनमा ६० प्रतिशत निर्णायक र ४० प्रतिशत सार्वजनिक भोटिङको आधार रहनेछ ।

विभिन्न विधामा राष्ट्रिय भावका गीत, पप गीत, लोकदोहोरी, आधुनिक गीत, चलचित्र गीत, संगीत, शब्द, निर्देशन, छायांकन, सम्पादन लगायतका श्रेणी समेटिएका छन् ।

लोकगीत, पप गीत, आधुनिक गीत, चलचित्र पाश्र्व गायन तथा नवप्रतिभा लगायतका विधामा पनि प्रतिस्पर्धा तीव्र बनेको आयोजकले जनाएको छ ।

अवार्ड आयोजकका अनुसार हरेक विधाबाट एक जना सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट ५ मनोनयन सूची


१. उत्कृष्ट राष्ट्रिय भावको गीत

  • गोर्खाली हौ – डोन कार्की
  • राजनीति भनेको त – पारसमणि बराल
  • प्यारो नेपाल – प्रेम गुरुङ
  • हाम्रो देश – सुरेन्द्र खड्का
  • वीरताको देश – जेनिशा गौतम

२. उत्कृष्ट पप गीतकार

  • कौशिला अधिकारी – मायामा घात
  • डिपी तिवारी – छुट्यो पिरिम
  • महेन्द्र जो जो – पहाडी बाटो
  • धनबीर थापा – बादलपारी
  • रमेश कोइराला – तिमीलाई सम्बोधन

३. उत्कृष्ट पप संगीतकार

  • विनय कार्की क्षेत्री – मायामा घात
  • सिएल शर्मा – नाइँनभन
  • अर्जुन पोखरेल – ओइ नक्कले
  • विपी वाग्ले – पिरतीको बाह्रखरी
  • हरि गिरी विमर्शी – महङ्गो महङ्गो ड्रेस

४. उत्कृष्ट पप गायक

  • छिरिङ भुटिया – पहाडी बाटो
  • दुर्गेश थापा – दुश्मन हेरेको हेरै
  • प्रताप दास – तिमीलाई सम्बोधन
  • रविन श्रेष्ठ – प्रिय जिन्दगी
  • विनय कार्की क्षेत्री – नयाँनयाँ

५. उत्कृष्ट पप गायिका

  • आश्रा कुँवर – इतिहास
  • दुर्गा खरेल – ओइ नक्कले
  • समिक्षा अधिकारी – आगो
  • बबिना किराँती – महङ्गो महङ्गो ड्रेस
  • एलिना चौहान – छुट्यो पिरिम

६. उत्कृष्ट लोकदोहोरी पुरुष मोडल

  • विजय पुन – बोली हजुरको
  • पल शाह – करिमैले
  • पुष्प खड्का – सेतै दुध सेतै चौलानी
  • सुधिर श्रेष्ठ – तिम्रै माया लाउँछ नि
  • सुनिल न्यौपाने – युके लान्छु

७. उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • करिष्मा ढकाल – सेतै दुध सेतै चौलानी
  • जुना विश्वकर्मा – मेरो परान
  • नारायणी खत्री – करिमैले
  • रविना भण्डारी – हिमाली फूल
  • सुस्मिता गुरुङ – माया मोह

८. उत्कृष्ट निर्देशक (लोकदोहोरी)

  • कुमार केसी – सधैं मीठो बोली होस्
  • अशोक विश्वकर्मा – नमस्ते ढोगदियाँ
  • दिप गुरुङ – तिम्रै माया लाउँछ नि
  • जेरी भण्डारी – खोली सलल
  • सञ्जिव ठकुरी – लाम लाम माया लाम

९. उत्कृष्ट शब्द (लोकदोहोरी)

  • प्रसाद लामिछाने – सरर
  • सिताराम परियार – भागौला त्रिशुली तरेर
  • नविन राना – खोली सलल
  • रमेश परियार – नमस्ते ढोगदियाँ
  • बालकुमार श्रेष्ठ – रातो रिवनमा

१०. उत्कृष्ट भाका (लोकदोहोरी)

  • नविन परियार – जाम भो हिंड रेलैमा सलल
  • बालकुमार श्रेष्ठ – रातो रिवनमा
  • शितल गुरुङ – निरमसी
  • सागर विरही – बोली हजुरको
  • कृष्ण केसी – जवानीको उद्घाटन

११. उत्कृष्ट लोकगीत

  • खोर्सानी डल्ले – भिषण मुकारुङ
  • निरुता खत्री – रामारोशन ताल
  • मेरो दिन आउला – दिपकराज विश्वकर्मा
  • मेरो जस्तो रगत छैन र – राजन भुजेल
  • बनको चरी – सिता लामा

१२. उत्कृष्ट चलचित्र गीतकार

  • आनन्द अधिकारी – हेर्दाहेर्दैमा
  • प्रभा बर्तौला – रातकिन हुन्छ हजुर
  • मुक्त उदास – यो मनले
  • श्रवण मुकारुङ – राइमाहिलाले गाउँभुल्यो
  • युवराज काफ्ले – फकाउँछ काफ्ले

१३. उत्कृष्ट चलचित्र संगीतकार

  • कालीप्रसाद बास्कोटा – राई माइलाले गाउँ छोड्यो
  • कृष्ण भारद्वाज – हेर्दाहेर्दैमा
  • टंक बुढाथोकी – यो धनले
  • थानेश्वर गौतम – रातकिन हुन्छ हजुर
  • दिपक शर्मा – रिमै

१४. उत्कृष्ट चलचित्र पाश्र्व गायक

  • आँशु लामा – रिमै
  • थानेश्वर गौतम – रात किन हुन्छ हजुर
  • सविन सुवेदी – त्यो मिठो जोवन
  • सुजन चापागाई – मखमली
  • सुरज पण्डित – च्यातिएको चोली

१५. उत्कृष्ट चलचित्र पाश्र्व गायिका

  • झुमा लिम्बू – फकाउँछ काफ्ले
  • रचना रिमाल – त्यो मिठो जोवन
  • रिता केसी – रिमै
  • सुनिता थेगिम – राई माइलाले गाउँ छोड्यो
  • समिक्षा अधिकारी – हेर्दै आँखामा

१६. उत्कृष्ट संगीत संयोजक

  • आदेश गुर्मछान – स्वर्ग झैं सैलुङ्ग
  • खेमराज गौतम – सोल्टिनीज्यू
  • झलक संगीतम – नशा लागेको
  • नरेन्द्र वियोगी – रात किन हुन्छ हजुर
  • याम थापा मगर – नखाउ परान

१७. उत्कृष्ट ध्वनि सम्पादन

  • एचबिएन किस्मत – दुःख साटम्ला
  • खडग बाजुराली – तिम्रै माया लाउँछ नि
  • विनोद परियार – कुन साइनोले
  • नरेश पाण्डे – मनको मान्छे
  • नरेश बिबिसी – ओइ नक्कले

१८. उत्कृष्ट छायाकार

  • अजय रेग्मी – नमस्ते ढोगदियाँ
  • करण चैंसिर – जूनकिरी
  • बुद्ध थापा – मेरो जिन्दगीको
  • मदन कश्यप घिमिरे – अजम्बरी माया
  • विजय लामा – भागौंला त्रिशुली तरेर

१९. उत्कृष्ट सम्पादन

  • दिनसन शाह – युके लान्छु
  • पदम सुवेदी – भागौला त्रिशुली तरेर
  • विनोद बम – माछि भुल्यो
  • सिलन लम्साल – ओइ नक्कले
  • सुजन कोइराला – आँसु उपहार

२०. अन्य विधा (संक्षेपमा)

अवार्डमा थप लोकदोहोरी, आधुनिक, पप, चलचित्र, युगल गायन, डायस्पोरा लगायतका ३३ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *