भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित
हनोई। भियतनाममा यो वर्षको पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गु ज्वरोका बिरामी फेला परेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो २.५ गुणा बढी हो ।
विज्ञहरूका अनुसार मौसमको असामान्य ढाँचा, वर्षको सुरुदेखि नै तापक्रममा पटक पटक वृद्धि हुनु र वर्षाले एडिस लामखुट्टेको प्रजननका लागि उपयुक्त वातावरण सिर्जना गरेपछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमणमा अत्यधिक वृद्धि भएको हो ।
भियतनाम बालचिकित्सा सङ्गठन उपाध्यक्ष तथा बाल अस्पतालका पूर्व निर्देशक समेत रहेका एसोसिएट प्रोफेसर डा. गुयेन थान हुङका अनुसार अब सबै उमेरका मानिसमा डेङ्गु ज्वरो फैलिन सक्ने देखिएको छ ।
“एक दशकअघि दक्षिणी भियतनाममा ६० देखि ७० प्रतिशत सङ्क्रमण १५ वर्षमुनिका बालबालिकामा हुने गथ्र्यो तर अहिले यो दर बालबालिका र १५ वर्षभन्दा माथिको उमेर समूहमा लगभग बराबर छ,” उहाँले भन्नुभयो ।
