आज संसदीय समितिको बैठक बस्दै
प्रमुख खबर
काठमाडौं । संसदीय समितिको बैठक आज बस्दै छ ।आज अर्थ समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बैठक आज बिहान ९ बजे बस्ने छ । अर्थ समितिको बैठकमा मस्यौदा कार्यविधिमाथि छलफल हुनेछ ।
पूर्वाधार विकास समितिको बैठक ९ बजे बस्ने छ । सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन र, विविध विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।
यसैगरी, बिहान १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक र ११ः१५ मा विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
