न्यूजिल्यान्ड र इरानबीचको खेल रोमाञ्चक बराबरीमा
खेलकुद
काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा न्युजिल्यान्ड र इरानले २-२ गोलको बराबरी खेलेका छन्।
अमेरिकाको लस एन्जलसस्थित स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डले दुईपटक अग्रता लिए पनि इरानले दुवै अवसरमा उत्कृष्ट पुनरागमन गर्दै अंक बाँड्न सफल भयो।
खेलको सातौँ मिनेटमै इलाइजा जस्टले गोल गर्दै न्युजिल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। तर इरानले ३२औँ मिनेटमा रेजाइयानको शानदार गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्यायो।
दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २-१ को अग्रता दिलाए। तर इरानले हार नमानी ६४औँ मिनेटमा मोहम्मद मोहब्बीको हेडर गोलमार्फत खेल २-२ को बराबरीमा पुर्यायो।
बाँकी समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो। बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
