एक हजारभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रुपाखेती सम्मानित
काठमाडौँ । निर्देशक कृष्णदेव रुपाखेती राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड निम अवार्ड २०२६ दिगदर्शन साधना सम्मान २०८२ बाट सम्मानित भएका छन् । झण्डै ३ दशकदेखि नेपाली म्युजिक भिडियो, डकुमेन्ट्री, टेलिभिजन विज्ञापन, बायोग्राफी लगायत निर्माण तथा निर्देशनमा क्रियाशिल निर्देशक रुपाखेतीलाई सांगीतिक क्षेत्रमा पुर्याएको उच्च मूल्यांकनको कदर गर्दै उक्त सम्मान अर्पण गरिएको हो ।
निर्देशक रुपाखेतीले नेपालका विशिष्ट व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरे, धर्मराज थापा, रत्न शमशेर थापा, डाक्टर ध्रुवचन्द्र गौतम, मदन कृष्ण श्रेष्ठ, आनी छोइङ डोल्मा, लगायतका विशिष्ट व्यक्तित्वहरूसँग सहकार्य गरिसकेका छन् ।
उनले महानायक राजेश हमालदेखि अहिलेका चलेका सम्पूर्ण गायक गायिका लगायत करिब ३०० जनाको बायोग्राफी समेत निर्माण गरिसकेका छन् ।
एक हजारभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेती अहिले पनि उत्तिकै सक्रिय निर्देशकको कोटीमा पर्छिन् ।
यही राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम्स अवार्डमा उनले निर्देशन गर्नुभएको वरिष्ठ गीतकार अनि ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी द्वारा लिखित आमा गीत गीतले यस वर्षको गीतकार तर्फ पुरुषको अर्वाड जित्न सफल भएको छ। त्यस्तै वरिष्ठ गीतकार तथा समाजसेवी भोलानाथ पाठकद्वारा रचना गरिएको राधिका गीतको गीतकारले समेत यो वर्ष उत्कृष्ट गीतकार जुरी अन्तर्गत पुरस्कार जित्न सफल हुनुभएको छ। त्यसैगरी गजलकार आरजु गिरीद्वारा लिखित गजल नयन को भिडियोबाट नव प्रतिभा नायिका उपासना पाठकले यो वर्षको अवार्ड जित्न सफल भएकी छिन्। तीनवटै म्युजिक भिडियो निर्देशक रुपाखेतीद्वारा निर्देशन गरिएको थियो।
