चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किए शिशिर खनाल
परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् ।उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ गएका थिए।
सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्तामा दुबै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको थियो ।
“आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको थियो । नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको छ,” विज्ञप्तिमा भनिएको छ, “चिनियाँ पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहो¥याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उपर पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको छ ।”
