आज संसदमा प्रधानमन्त्री बालेन शाहले बजेटबारे उठेका प्रश्नको जवाफ दिने
आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको सम्भावित कार्यसूची अनुसार विनियोजन विधेयक ९बजेट०, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ।
बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकहरूमाथि बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन्। आज प्रधानमन्त्री बालेन्द्र शाहसहितका मन्त्रीले जवाफ दिने कार्यस्रची रहेको छ ।
कार्यसूची अनुसार आज शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
