`

संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिका बैठक आज

Nepal One HD ४ असार २०८३ ७:५४
राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिका बैठक आज बस्ने भएको छ । आजबिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी सम्बन्धमा छलफल गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *