संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
प्रमुख खबर
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग छलफल गरेको छ।
छलफलका लागि संयोजक शाहसहितको कार्यदलको टोली पूर्वप्रधानमन्त्री भट्टराईको निवास पुगेको थियो।
कार्यदलले यसअघि गत जेठ २८ गते पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छलफल गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
