`

संसदमा आज आर्थिक विधेयकदेखि अध्यादेशसम्म निर्णय हुने

Nepal One HD ५ असार २०८३ ७:५८
राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद खडकबहादुर बुढाले राखेको अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद नीता घतानीले दर्ता गराएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *