`

फिफा विश्वकप : मोरक्कोले स्कटल्यान्डलाई हरायो

Nepal One HD ६ असार २०८३ ६:४६
खेलकुद

काठमाडों – फिफा विश्वकपमा मोरक्कोले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरुआती दुई मिनेटमै गरेको गोल निर्णायक भयो । स्कटल्यान्डले अन्तिम समयसम्म पनि गोल गर्न सकेन ।

मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेका हुन् ।यसअघि भएको खेलमा स्कटल्यान्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो । आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको ४ अंक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *