‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
राजनीति
हेटाैँडा । बागमती प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्ने भएको छ।सरकारको आव २०८३/८४ को बजेटमा ‘घुमौँ बागमतीः बुझौँ संस्कृति’ अभियानअन्तर्गत ६६ वटै निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ को अवधारणा कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
सरकारले बागमती प्रदेश पर्यटकीय सर्किट परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । चितवनलाई बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी (माइस) पर्यटन केन्द्रका रूपमा विकास गरिने सरकारले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
