मनिष झा महामन्त्रीमा उम्मेदवारी दिँदै
प्रमुख खबर
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने बताएका छन्।
उनले महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफूले सो पदका लागि उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्।
झाले हाल कुनै पनि लाभको पदमा नरहेको स्पष्ट पारेका छन्।
यसैबीच आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र अघि बढ्ने तयारी भइरहेको छ। पार्टीको कार्यतालिका अनुसार भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
