एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट रात्रिबसमा चढाएर काठमाडौं ल्याइदै
प्रमुख खबर
काठमाडौं – आज सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याउने तयारी गरिएको छ । पौडेललाई सुर्खेतबाट रात्रिबसमा चढाएर काठमाडौं ल्याउन लागिएको हो ।
सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको संख्यामा रहेका बिशेष प्रहरीको टोलीले पौडेललाई नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
