`

रास्वपा महाधिवेशन : काठमाडौं फर्किए बालेन

Nepal One HD १० असार २०८३ १४:३३
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेका बेला पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन्।

चितवनको भरतपुरमा जारी महाधिवेशनमा सभापति पदमा रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसकेका छन् भने अन्य पद तथा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ। यद्यपि, निर्वाचनको महत्वपूर्ण चरणअघि नै बालेन चितवनबाट काठमाडौं फर्किएका हुन्।

महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि बुधबार मतदान हुँदैछ। तर, पहिलो चरणको उक्त निर्वाचनमा समेत सहभागी नभई बालेन राजधानी फर्किएको जानकारी प्राप्त भएको छ।

शाह आइतबारदेखि पत्नी र छोरीसहित चितवनमा रहेका थिए। उनीहरू भरतपुरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। महाधिवेशनका विभिन्न कार्यक्रममा उपस्थित भएका बालेन निर्वाचन प्रक्रियामा भने सहभागी भएनन्।

काठमाडौं फर्किनुअघि उनले सामाजिक सञ्जालमा परिवारसँगको तस्वीर सार्वजनिक गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका हुन्।

उनको उक्त पोस्टलाई लिएर पनि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *