`

किन कड्किए सांसदहरू राजीव खत्री, आशिका तामाङ र धनन्जय रेग्मी ?

Nepal One HD ११ असार २०८३ १३:१६
बिशेष

काठमाडौं। रास्वपा महाधिवेशनमा मतदान प्रक्रियाबारे एकपछि अर्काे सांसदले असन्तुष्टि पाेखेका छन् ।

सांसद राजीव खत्रीले कडा शब्दमा भनेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी उडाइयो ।’

आफ्नै प्रतिस्पर्धी भए पनि उसलाई पनि भाेट दिनुपर्ने र त्यसमा पनि ६४ जनालाई आँखा चिम्लेर भाेट दिनुपर्ने व्यवस्थाले सांसद खत्री असन्तुष्ट बनेका हुन् ।  उनी भक्तपुर २ बाट निर्वाचित सांसद हुन् ।

सांसद आशिका तामाङले पनि मतदानका लागि ६४ जनालाई अनिवार्य भाेट हालेर मात्रै अन्यलाई हाल्नुपर्ने विधुतीय मेसिनमा गरिएकाे व्यवस्थाकाे चर्काे विराेध गरेकी छन् ।

यसले आफूले मन नपाएकाे उम्मेदवारलाई छान्न नपाएकाे र नचिनका भए पनि ६४ जनामा पर्नेलाई छान्नैपर्ने भएकाे बताएकी छन् ।

उता, स्याङ्जा-१ बाट निर्वाचित सांसद धनञ्जय रेग्मीले महाधिवेशनमा देखिएको अव्यवस्था र नेतृत्वको कार्यशैलीमाथि कडा टिप्पणी गरेका छन्।

उनले पार्टीका पदाधिकारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रास्वपाको छवि कमजोर बनाएको आरोप लगाए।

‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, त्यसलाई पदाधिकारीहरूले अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गरेका छन्,’ रेग्मीले प्रतिनिधिहरूमाझ भने।
भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *