`

पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, अर्का एक घाइते

Nepal One HD १२ असार २०८३ ८:१३
प्रमुख खबर

काठमाडाैं । पाँचथरको फालेलुङ गाउँपालिका-२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतक चालक राजेश मुखिया हुन् ।

२४ वर्षे मुखियाकाे घर फिदिम नगरपालिका-३ काे स्कुलडाँडा हाे । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरीका पाँचथरका सूचना अधिकारी अनिश कायस्थका अनुसार शुक्रबार राति करिब ८ः३० बजे पार्किङ गरी राखिएको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर मुखियाले चलाउने क्रममा अनियन्त्रित भई करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा मुखिया गम्भीर घाइते भएका थिए। उनको शरीरका विभिन्‍न भागमा चोट लागेको थियाे । उनलाई घटनास्थलबाट बोल्न नसक्ने अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाइएकाे र उपचारका क्रममा उनको मृत्यु भएको कायस्थले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका याेगबहादुर जेबगू हुन्  उनी फालेलुङ गाउँपालिका-१ ठाडे लसुनेका हुन् । ४० वर्षीय उनकाे अनुहारमा चोट लागेको छ । दायाँ हात र बाँया खुट्टा तत्काल चल्न नसक्ने अवस्था रहेको पनि प्रहरीले जनाएकाे छ । तर उनी बोल्न सक्ने अवस्थामा छन् ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा दुवै घाइतेको उद्धार गरिएको थियो। अविरल वर्षाका कारण दुर्घटनास्थलमा तत्काल पुग्न उद्धारकर्ताहरुलाई कठिनाइ भएको थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *