`

महामन्त्रीमा विपिनलाई गणेशले समर्थन गरेपछि…

Nepal One HD १२ असार २०८३ १२:४३
प्रमुख खबर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले विपिनकुमार आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी नदिने तथा दर्ता गराएको उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

शुक्रबार चितवनमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टीको बृहत्तर हित, संगठनको एकता र साझा सन्देश प्रवाह गर्ने उद्देश्यले विपिन आचार्यलाई महामन्त्री पदका साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरिएको बताएका हुन्।

उनीहरूका अनुसार संस्थापक नेताहरू एउटै धारमा उभिएर पार्टीभित्र एकताको सन्देश दिनुपर्ने निष्कर्षका साथ यो निर्णय गरिएको हो।

‘हामी सबै संस्थापक साथीहरू एउटै ठाउँमा उभिएर साझा सन्देश दिनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं। त्यसैले एउटै उम्मेदवारका रूपमा विपिनलाई अघि सारेका हौं,’ गणेश पराजुलीले भने, ‘हामी सबैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौं।’

यसअघि रास्वपाको महामन्त्री पदका लागि विपिनकुमार आचार्यसहित आठ जनाको उम्मेदवारी परेको थियो। पाँच जना उम्मेदवार पछि हट्ने घोषणा गरेसँगै महामन्त्री पदको प्रतिस्पर्धाको समीकरणमा परिवर्तन आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *