जेठी हौ कि माइली ?’ म्युजिक भिडियो सार्वजनिक !
काठमाडौँ-नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘जेठी हौ कि माइली ? सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक राजेश पायल राई र चर्चित गायिका मेलिना राई को सुमधुर स्वर रहेको छ ।
गीतमा बुद्धि कुलुङको शब्द, डिजे मेवाहाङको संगीत तथा निर्देशन; र सागर संसार राईको संगीत संयोजन रहेको छ । राजु कार्कीले ध्वनि मिश्रण गरेको यस गीतमा सन्जिब बराईली, रत्न बिक, पोषण घर्ति मगर, समिर जैरु चर्चित बाध्यबादकहरुले बाध्यबादन भरेका छन् ।
यस गीतको म्युजिक भिडियोमा एलिशा राई र एलिश राईको आकर्षक अभिनय देख्न सकिन्छ भने मनिषा कुलुङ र रिद्दिमा कुलुङ लगायत थुप्रै कलाकारहरुको कोरस नृत्य रहेको छ, जसले भिडियोलाई थप रौनक एवं मनोरञ्जनात्मक बनाएको छ ।
भिडियोको नृत्य निर्देशन कमल राई ले गरेका हुन् । छायांकन शिव ढकालको रहेको छ भने सम्पादन अमृत चापागाईं ले गरेका हुन् । म्युजिक भिडियो निर्माणमा साङ्ग्केन क्रियेसनले सामग्री सहयोग गरेका छन् ।
किराती सभ्याता, कोशी किनारबाट मौलाएको प्राचीन सभ्यता एवं किम्वदन्तीका प्रतिमुर्ती खुवालुङ, तथा किरातीहहरुको संस्कारमा, नभई नहुने तीन चुला (सुक्थुलुङ्) एवं लोक तुक्का समेत समेटिएको रमरम श्रृङ्गारिकतामा मौलिक संस्कृति, परम्परागत पहिरन र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको ‘जेठी हौ कि माइली ?’ ले दर्शक तथा श्रोतालाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । लोक स्वाद र आधुनिक प्रस्तुतीकरणको संयोजन रहेको यस गीतले नेपाली संगीतप्रेमीको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
