किएभमा रुसको भीषण ड्रोन र मिसाइल आक्रमण, कम्तीमा १० जनाको मृत्यु
बिशेष
काठमाडौं । रुसले युक्रेनको राजधानी किएभमा ठूलो संख्यामा ड्रोन र मिसाइल आक्रमण गरेको छ। बीबीसीका अनुसार उक्त आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
आक्रमणपछि राजधानीका विभिन्न क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ। सुरक्षा जोखिम बढेपछि कैयौँ इलाका खाली गराइएको छ भने विस्फोटका कारण थुप्रै भवन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस ठूलो आक्रमणको तयारीमा रहेको चेतावनी दिएको केही घण्टामै रुसी सेनाले किएभलाई निशाना बनाएको हो।
किएभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले मृतक तथा घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन्। उनका अनुसार आक्रमणमा बालबालिकासमेत प्रभावित भएका छन्। उनले रुसले नियोजित रूपमा निहत्था नागरिकलाई निशाना बनाएको आरोप पनि लगाएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
