`

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

Nepal One HD ३२ असार २०८३ १८:४१
राजनीति

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण समपन्न गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ ।उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गर्नुभयो । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेटवार्ता गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुभएको थियो ।उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *