`

बालेन-शिशिर टकराव बढ्याे, १३ राजदूत नियुक्ति राेकियाे

Nepal One HD १ साउन २०८३ १४:०९
बिशेष

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र परराष्ट्रमन्त्री शिशिर खनालबीच टकराव बढ्दै गएको छ । राहदानी छपाइको ठेक्का विवादबाट सुरु भएको मतभेद अहिले राजदूत नियुक्ति र कूटनीतिक निर्णयसम्म पुगेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले १३ जना राजदूत नियुक्तिका लागि नाम यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको हो । तर, लामो समय बितिसक्दा पनि नियुक्तिको प्रक्रिया अघि बढेको छैन । परराष्ट्र सेवाबाट नियुक्त गर्नुपर्ने पाँच जनाको नामसमेत रोकिएको छ भने आगामी भदौमा सात जना राजदूतको कार्यकाल सकिन लाग्दा पनि नयाँ नियुक्तिको तयारी भएको छैन ।

मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री खनालबीच टकराव बढ्दा यस्तो भएको हो ।

स्रोतका अनुसार राहदानी छपाइसम्बन्धी जर्मन कम्पनीको ठेक्का रद्द गर्ने विषयमा प्रधानमन्त्रीको सचिवालय र परराष्ट्रमन्त्री खनालबीच मत बाझिएको थियो । प्रधानमन्त्री बालेन पक्षले ठेक्का रद्द गर्न जोड दिएको भए पनि मन्त्री खनालले कानुनी आधारबिना सम्झौता तोड्न नमिल्ने अडान लिएका थिए ।

त्यसयता प्रधानमन्त्री कार्यालयबाट राजदूत नियुक्तिसहित परराष्ट्रका विभिन्न प्रस्तावमा ढिलाइ हुन थालेको मन्त्रालय स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *