`

देवेन्द्रराज पाण्डेलाई विभिन्न दलका नेता तथा शुभेच्छुकद्वारा माल्यार्पण

Nepal One HD २ साउन २०८३ १३:२९
फोटोफिचर

काठमाडौं। पूर्वमन्त्री, नागरिक अगुवा तथा लेखक डा. देवेन्द्रराज पाण्डेको पार्थिव शरीरमा शुक्रबार आफन्त, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका नेताहरूले माल्यार्पण गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

श्रद्धाञ्जली कार्यक्रममा परिवारका सदस्य, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता, बौद्धिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थितहरूले डा. पाण्डेको पार्थिव शरीरमा माल्यार्पण गर्दै नेपालको राजनीति, सुशासन, नागरिक आन्दोलन र बौद्धिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका थिए।

डा. पाण्डे पूर्वमन्त्री, प्रखर लेखक तथा नागरिक अभियन्ताका रूपमा परिचित थिए। सार्वजनिक जीवनमा उनले लोकतन्त्र, सुशासन र सामाजिक उत्तरदायित्वका पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *