`

सीजेपी संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा

Nepal One HD २ साउन २०८३ १३:४५
विश्व

नयाँदिल्ली। कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। पार्टीको आधिकारिक एक्स ह्यान्डलमार्फत शनिबार बिहान यसको जानकारी सार्वजनिक गरिएको हो।

पार्टीका अनुसार पर्यावरण अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएर अस्पताल लगेको घटनाको विरोधस्वरूप दीपकेले अनिश्चितकालीन भोक हडताल सुरु गरेका हुन्।

सीजेपीले एक्समा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अभिजीत दीपके अनिश्चितकालीन अनशनमा बसेका छन्। जुलाई २० का लागि घोषणा गरिएको ‘चलो संसद्’ मार्च भने पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुनेछ।’

दीपकेले पनि सामाजिक सञ्जाल एक्समार्फत आफू अनिश्चितकालीन भोक हडतालमा बसेको पुष्टि गरेका छन्।

सोनम वाङचुकलाई प्रहरीले धर्नास्थलबाट अस्पताल लगेको घटनापछि भारतमा विरोध प्रदर्शन थप चर्किने संकेत देखिएको छ। यसैबीच, ‘चलो संसद्’ मार्चलाई पनि सीजेपीले पूर्ववत् रूपमा अघि बढाउने जनाएको छ।

– एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *