स्कुटर चालकको मृत्यु
समाचार
बुटवल। बुटवलको राजमार्ग चौराह क्षेत्रमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भैरहवा निवासी ६० वर्षीय ताराचन सुनार रहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले ट्राफिक प्रहरीकै अगाडि स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका सुनारलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
