सदियौँदेखिको धार्मिक सहिष्णुता कायम राख्न सरकारको आग्रह, उत्तेजना फैलाउने काम रोक्न आह्वान
बिशेष
नेपाल सरकारले नेपाली समाजले सदियौँदेखि कायम राख्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई जोगाइराख्न सबै पक्षसँग आग्रह गरेको छ।
सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसारण नगर्न तथा त्यस्ता अफवाह र भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध सबै पक्षलाई हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
