देवानगञ्ज घटनापछि दुर्गा प्रसाईंको भिडियो सन्देश – ‘देशलाई हिंसा होइन, शान्ति चाहिन्छ’
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुनसरीको घटना नियोजित भएको दाबी गर्दै सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले देशलाई हिंसा नभई शान्ति आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन, राष्ट्रिय एकता कायम राख्न र सामाजिक सद्भाव जोगाउन जिम्मेवार बन्न आग्रह गरेका छन्।
प्रसाईंले आफूलाई नेपालमा जन्मिएका मुस्लिम समुदायप्रति कुनै विरोध नरहेको स्पष्ट पार्दै मुस्लिम समुदायप्रति सम्मान रहेको बताएका छन्।
साथै, केही बाह्य शक्तिले नेपालमा अस्थिरता सिर्जना गर्न खोजिरहेको आफूलाई लागेको दाबी पनि उनले गरेका छन्।
’ मुस्लिम समुदायप्रति मेरो कुनै विरोध छैन। नेपालमा जन्मिएका मुस्लिम दाजुभाइप्रति मेरो सम्मान छ। तर केही बाह्य शक्तिले नेपालमा अस्थिरता सिर्जना गर्न खोजेको मेरो बुझाइ छ।’
