`

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक व्यक्ति बेपत्ता

Nepal One HD १९ साउन २०८३ ९:३५
समाचार

म्याग्दी । म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्। रघुगंगा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर्ती सोमबार रघुगंगा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा खोलाले बगाएका हुन्।

घटनाबारे स्थानीयवासीले जानकारी दिएपछि सोमबार साँझदेखि नै प्रहरी र स्थानीयवासीले खोजी सुरु गरेका थिए। तर हालसम्म उनको अवस्था खुल्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *