`

इन्डोनेसियाको जङ्गलमा आगलागीपछि विद्यालय बन्द

Nepal One HD २६ साउन २०८३ १८:५९
विश्व

काठमाडाैँ । एल निनोका कारण लामो र तीव्र सुक्खा मौसमको सुरुमा द्वीपसमूहमा फैलिएको डढेलोले फैलिएको विषाक्त धुवाँबाट दर्जनौँ इन्डोनेसियाली विद्यालयहरू मङ्गलबार पनि दोस्रो दिनको लागि बन्द गरिएको जनाइएको छ।

इन्डोनेसियाले मलेसिया र ब्रुनाईसँग साझेदारी गरेको बोर्नियो टापुको पश्चिम कालिमान्टनमा पोन्टियानाकका मेयरले अन्य ठाउँमा भएको आगलागीका कारण सहरमा विषाक्त धुवाँ फैलिएको कारण विद्यालयहरू बन्द गर्ने आदेश दिएको जनाइएको छ।

हावाको गुणस्तर खराब हुँदासम्म बालबालिकाले घरबाट नै सिक्ने व्यवस्था गरिएको मेयर एडी रुस्दी काम्टोनोले विज्ञप्तिमार्फत बताए। कति विद्यालयले प्रभावित भए पनि यसबारे सूचना प्रवाह नगरेको बताउँदै पोन्टियानाक सहरलाई धुवाँले ढाकेको महसुस गर्न थालेको बताइएको छ।

जाभा टापुमा अग्नि नियन्त्रकहरूले गत हप्ता लागेको आगोमा ९०० हेक्टर क्षेत्र प्रभावित भएको र राष्ट्रिय निकुञ्जमा नवौँ दिनपछि मात्र आगो नियन्त्रणमा लिएको जनााइएको छ।

आगलागीका कारण प्रमुख पर्यटकीय आकर्षणको केन्द्र ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्ज शनिबारदेखि आगन्तुकहरूका लागि बन्द गरिएको जनाइएको छ भने ५० हजार अग्नि नियन्त्रकहरूलाई तैनाथ गरी डढेलो नियन्त्रण गरिएको उल्लेख गरिएको छ।

इन्डोनेसियाले यसवर्ष एल निनो मौसमी घटनाका कारण खडेरी र डढेलोको उच्च जोखिमका साथ असामान्य रूपमा कठिन सुक्खा मौसमको सामना गर्ने पूर्वानुमान गरिएको बीएमकेजी मौसम विज्ञन विभागले जनाएको छ ।

यस वर्ष अहिलेसम्म देशव्यापी रूपमा एक लाख सात हजार हेक्टरभन्दा बढी जमिन आगलागीका कारण प्रभावित भएको जनाइएको छ। देशव्यापीरूपमा फैलिएको आगलागीका बाबजुद अधिकारीहरूले खाद्यान्नको पर्याप्त भण्डार रहेको कुरामा जोड दिएका छन् ।

गत जुलाईमा पूर्वी जाभाको ब्रोमो पार्कमा लागेको आगलागीले मङ्गलबार बिहानसम्म लगभग ९०० हेक्टरभन्दा बढी जमिन क्षतिग्रस्त बनाएको जनाएको छ । यो एक हजार २०० भन्दा बढी फुटबल मैदान र पार्क क्षेत्रको लगभग दुई प्रतिशत बराबर क्षेत्रफल रहेको जनाइएको छ।

स्थानीय विपद् अधिकारी सत्रियो नर्सेनोलाई उदृत गर्दै एएफपीले यस क्षेत्रलाई चिस्याउन र आगो नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको र उपलब्ध सबै उपकरण परिचालन गरिरहेको जनाएको छ।

तीन वटा पानी–बम विष्फोटक हेलिकप्टर र फायर ट्रकहरूले लगभग २०० अग्निनियन्त्रक, वन रेन्जर्स, प्रहरी र सैनिकहरूले आगो निभाउन सहयोग गरिरहेका थिए । बिएनपिबी विपद् विभागका अनुसार छ वटा प्रान्तमा आगो निभाउन ४८ हजारभन्दा बढी कर्मचारी तैनाथ गरिएको छ ।

रक्षामन्त्री जामारी चानियागोले सोमबार इन्डोनेसियाले ४३ वटा हेलिकप्टर र १५ वटा फिक्स–विङ विमान क्लाउड सिडिङका लागि आवश्यक ठाउँमा तैनाथ गरेको बताए। यस प्रक्रियामा बादलको उपस्थिति अनिवार्य हुन्छ । विमानबाट सिल्भर आयोडाइड र नुनजस्ता सूक्ष्म कण बादलमा छर्किएर वर्षा गराउने प्रयास गरिन्छ ।

इन्डोनेसियाले एल निनोको सबैभन्दा खराब प्रभावका लागि तयारी गरिरहेको बेला बीएमकेजीले जुलाईमा औसत हावाको तापक्रम २७ डिग्री सेल्सियस रहेको र यो औसत २६.२ डिग्री सेल्सियसभन्दा बढी रहेको बताएको छ । साथै यो सन् १९९१ पछि जुलाईमा भएको सबैभन्दा उच्च तापक्रम थियो ।

एल निनो प्राकृतिक रूपमा हुने जलवायु घटना हो । यसले हावा, हावाको चाप र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउँछ । भारत र दक्षिणपूर्व एसियामा यसले सामान्यतया सुक्खा अवस्थाहरू निम्त्याउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *