`

नेप्से परिसूचक ७.१७ अंकले बढ्यो

Nepal One HD ४ भदौ २०८३ १५:२५
अर्थ समाचार

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य बढेको छ । आज नेप्से परिसूचक ७.१७ अंकले उकालो लागेर २ हजार ६२९.४० विन्दुमा पुगेको हो ।

बिहीबार ३४५ कम्पनीका ९५ लाख कित्ता सेयर किनबेच भएका छन् । दिनभरको कारोबार रकम ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ ।

आज बजारमा बढ्ने र घट्ने कम्पनीको संख्या बराबर रहेको छ । १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीकै मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । दुवै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फन्डको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा एडीबीएल बैंक डिबेन्चर २०८७ शीर्ष स्थानमा रहेको छ । उक्त धितोपत्रको ५० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड ४ लाख रुपैयाँ र सोलु हाइड्रोपावरको २२ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *