जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ
अर्थ समाचार
काठमाडौं। प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ गरेको छ ।
पौडेललाई बिहीबार काठमाडौंको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पौडेलविरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए । सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जनता टेलिभिजनमा कार्यरत पूर्वपत्रकार तथा पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै पछिल्लो समय आन्दोलनसमेत गर्दै आएका थिए ।
उनीहरूले लामो समयदेखि रोकिएको पारिश्रमिक तथा अन्य सेवा–सुविधा उपलब्ध गराउन माग गर्दै व्यवस्थापनको ध्यानाकर्षण गराउँदै आएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
