प्रधानमन्त्री बालेन धादिङ पुगे, पोखरा हुँदै मुस्ताङ जाने तयारी
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) शुक्रबार धादिङ पुगेका छन् । पृथ्वीराजमार्ग हुँदै धादिङको गजुरी पुगेका प्रधानमन्त्री शाह गजुरीस्थित भैरव दल गणमा पुगेका छन् ।
उनी त्यहाँ केही समय रहने कार्यक्रम रहेको जनाइएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारीका अनुसार प्रधानमन्त्री शाहको धादिङ भ्रमण निजी प्रकृतिको रहेको बुझिएको छ ।
गजुरीमा केही समय बसेपछि प्रधानमन्त्री शाह पोखरा जाने र त्यसपछि मुस्ताङतर्फ जाने कार्यक्रम रहेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको विस्तृत उद्देश्यबारे भने औपचारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन ।
पछिल्लो विवरणअनुसार उनको यात्रा पोखरा हुँदै मुस्ताङतर्फ अघि बढ्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
