`

सुनचाँदीको मूल्य बढ्यो

Nepal One HD ५ भदौ २०८३ १२:२७
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १ सय ३० रुपैयाँले बढेर ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *