जाजरकोटमा बाढीले दुई जना बेपत्ता
प्रमुख खबर
जाजरकोट । जुनीचाँदे गाउँपालिका–६ मा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई डोग्राखोलामा आएको बाढीले बगाएको हो।
थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो भने सिंह शुक्रबार बिहान डोग्राखोलाको बाढीमा परेर बेपत्ता भएका हुन्।
बाढीले स्थानीय क्षेत्रमा आठदेखि १० वटा पानीघट्टसमेत बगाएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।
लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
