`

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात [तस्वीरहरू]

Nepal One HD ५ भदौ २०८३ १३:०१
अर्थ समाचार
काठमाडौं। नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यू पहिलोपटक दुबई निर्यात गर्न थालेको छ।

दुबईमा रहेका नेपालीलाई लक्षित गर्दै शुक्रबार ६ सय किलो घ्यू जहाजमार्फत पठाउन लागिएको हो। दुबईमा घ्यू बिक्रीका लागि डीडीसीले रातो एन्ड चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको जनाएको छ।

डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार पहिलो चरणमा दुबईमा रहेका बिक्रेतामार्फत परीक्षणका रूपमा घ्यू बिक्री गरिनेछ। बजारको माग र प्रतिक्रियाका आधारमा आगामी दिनमा निर्यातको मात्रा बढाइनेछ।

नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले पहिलो खेप हवाई मार्गबाट पठाउन लागिएको हो। त्यसपछि भारत हुँदै कन्टेनरमार्फत दुबई पठाउने तयारी डीडीसीको छ।

डीडीसीले दुबईसँगै मध्यपूर्वका अन्य देशमा समेत घ्यू तथा आफ्ना अन्य दुग्धजन्य उत्पादन निर्यात र बिक्री विस्तार गर्ने योजना बनाएको छ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *