`

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

Nepal One HD ५ भदौ २०८३ १३:१६
फोटोफिचर

काठमाडौं। बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले गरिमाको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्।

उनीहरूले गृहमन्त्री र कानुनमन्त्रीले घटनालाई गम्भीरतापूर्वक लिएर पीडित परिवारलाई न्याय दिलाउन पहल गर्नुपर्ने बताएका छन्।

प्रदर्शनकारीहरूले गरिमाको न्यायको माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए।


 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *