नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक [तस्वीरहरू]
खेलकुद
काठमाडौं। नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ ।
आइतबार ललितपुरको पाटन दरबार स्क्वायरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन् ।
ट्रफी सार्वजनिकपछि काठमाडौं र भक्तपुरमा समेत प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
नेपाल भलिबल लिगको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताले नेपाली भलिबललाई व्यावसायिक र प्रतिस्पर्धात्मक रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको







