भाेटेकाेशीमा बाढी : सबै हेलिकप्टर कम्पनीलाई अलर्टमा रहन निर्देशन
बिशेष
काठमाडाैं । भाेटेकाेशी नदीमा ठूलाे बाढी आएपछि सतर्क अवस्थामा रहन सबै हेलिकप्टर कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएकाे छ ।
जतिखेर पनि बाढी प्रभावित क्षेत्रका नागरिककाे उद्धार गर्नुपर्ने हुनाले हेलिकप्टर कम्पनीहरुलाई तयारी अवस्थामा रहन कार्यालयले निर्देशन दिएकाे जनाएकाे छ ।
बाढीले ठूलाे क्षति गरेकाे अनुमान गरिएकाे छ । बिहान करिब सवा ९ बजे आएकाे भीषण बाढीले रसुवा र धादिङकाे सिमानामा पर्ने एउटा बजार नै बगाएकाे खबर प्राप्त भएकाे छ ।
तिब्बतमा ठूलाे पानी पर्दा आएकाे बाढीले पुर्याएकाे क्षतिबारे विस्तृत जानकारी भने आएकाे छैन ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान भनिएकाे बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
