काठमाडौं । भाेटेकाेशी नदीमा आएकाे भीषण बाढीले ठूलाे जनधनकाे क्षति पुर्याएकाे आशंका भइरहँदा सरकारले उद्धारका लागि चार तयारी गरेकाे छ ।
पहिलाे, उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन ।
तेस्राे, तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन ।
चाैँथाे, सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको ।
यी चार काम र तयारी गरेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ ।
