बाढीपछि चीनमा फसेका नेपालीले कहाँ सम्पर्क गर्ने?
काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा क्षेत्र अवरुद्ध भएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाली दूतावासले पहल थालेको छ।
बेइजिङस्थित नेपाली राजदूतावासले चीनमा अलपत्र नेपालीलाई आवश्यक समन्वय र सहजीकरणका लागि ल्हासास्थित नेपाली महावाणिज्यदूतावास वा बेइजिङस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
ल्हासास्थित महावाणिज्यदूतावासका युवराज क्षेत्रीसँग +८६ १३५४९०६७४८१ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै [email protected] मा इमेल पठाउन सकिने दूतावासले जनाएको छ।
बेइजिङस्थित नेपाली दूतावासका सन्जु महर्जनसँग +८६ १८६१८१२९२१७ र राजकुमार साहसँग +८६ १८६१०३९४६८७ मा सम्पर्क गर्न सकिनेछ। दूतावासको इमेल [email protected] रहेको छ।
सीमा क्षेत्रमा बाढीका कारण आवागमन प्रभावित भएकाले चीनमा रहेका नेपाली नागरिकलाई समस्या परेमा सम्बन्धित नेपाली नियोगमा तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
