पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन सहयोग घोषणा
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पेन्सन रकम सहयोग गरेकी छन् ।
कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी आफ्नो मासिक पेन्सनबापत प्राप्त ७७ हजार रुपैयाँ सहयोग गरेकी हुन् । उनले उक्त रकम राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत कोषमा जम्मा हुने गरी प्रदान गरेको जानकारी दिएकी छन् ।
बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेको अवस्थामा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो एक महिनाको पेन्सन रकम प्रदान गरेको कार्कीले बताएकी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
