रसुवा जानका लागि खुले यी वैकल्पिक मार्ग
काठमाडाैं। काठमाडौंदेखि रसुवाको उत्तरगया तथा धुन्चेसम्म जान चाहने यात्रु तथा उद्धार तथा राहत कार्यमा खटिनेलाई सहजताका लागि वैकल्पिक मार्ग र स्थानीय सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको छ।
उत्तरगया क्षेत्रमा स्थानीय समन्वयका लागि टोली उपस्थित रहेको जनाउँदै यात्राका क्रममा आवश्यक सहयोग तथा समन्वयका लागि सम्पर्क गर्न आग्रह गरिएको छ। हाल प्रभावित क्षेत्रमा नेपाल टेलिकमको तुलनामा एनसेलको सञ्जाल केही राम्रोसँग सञ्चालनमा रहेको जानकारीसमेत दिइएको छ।
वैकल्पिक मार्ग तथा सम्पर्क व्यक्तिहरू :
- काठमाडौँ-झोर-ढिकुरे-बाहुनबेँसी: आरके रोमस -९८४९२३४६८५
- लच्याङ-श्रमथली-पार्टीखर्क: दावा छिरिङ – ९८४०१३८५१९, ९८२३२३७३७६
- पार्च्याङ: दावा तामाङ – ९८५११५८०६२
- भोर्ले-जिबजिबे: रामकुमार न्यौपाने – ९८६०२३५६५८
- कालिकास्थान: पुरुषोत्तम न्यौपाने – ९८४१७४१७३२
- उत्तरगया: माधव अर्याल – ९८५१०५९५५०
यसैबीच, बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा रहेका पीडित परिवारसँग सम्पर्क र समन्वय गर्न कठिनाइ भइरहेको भन्दै सहयोगी मनहरूलाई हाते सोलार तथा सोलार बत्ती सहयोग गरिदिन आग्रह गरिएको छ।
प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित हुँदा रातको समयमा उद्धार, राहत वितरण तथा पीडितसँग सम्पर्क गर्न समस्या भइरहेको छ। यस्तो अवस्थामा हाते सोलार तथा सोलार बत्तीले प्रभावित परिवारलाई आवश्यक सूचना आदानप्रदान तथा दैनिक गतिविधिमा समेत सहयोग पुग्ने जनाइएको छ।
पीडितसम्म राहत र सूचना पुर्याउन इच्छुक व्यक्ति तथा संस्थाहरूले स्थानीय सम्पर्क व्यक्तिमार्फत आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।
