त्रिशूली-३ ‘बी’ मा १२२ जना फसेकाे आशंका, खाेज्दै उद्धार टाेली
बिशेष
काठमाडाैं । मजदुर र प्राविधिक गरी १२२ जना फसेकाे त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धारकर्मी पुगेकाे छ ।
नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा पुगेकाे हाे । त्यहाँबाट यसअघि ९१ जनाकाे उद्धार गरिएकाे थियाे । बाँकी सम्पर्कविहीन छन् ।
साेही आयाेजनास्थलमा आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको कांग्रेसका बागमती प्रदेश सांसद रमेश महतले जानकारी दिए ।
उनका अनुसार टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धारलाई सुरक्षित रूपमा अघि बढाइरहेको हाे।
माैसम भने प्रतिकूल छ । भाैगाेलिक अवस्था पनि चुनौतीपूर्ण रहेकाे छ । यसका बाबजुद पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको हाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
